मंगलवार, आश्विन २०,२०८३ 05:39:49
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 05:39:49
Bizshala
Global IME Bank Limited

इलामको सूर्योदयका ५३ चिया उद्योग बन्द हुने, भारतीय अवरोधले निर्यात संकट गहिरियो

Bizshala
इलामको सूर्योदयका ५३ चिया उद्योग बन्द हुने, भारतीय अवरोधले निर्यात संकट गहिरियो
New Office

काठमाण्डौ । भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा कडाइ गर्दै नयाँ गुणस्तर मापदण्ड लागू गरेपछि इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार तयारी चिया बिक्री नहुने, गोदाम भरिने र किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आएपछि उद्योग सामूहिक रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ भारतीय ‘SOP’ ’ का कारण कोलकाता पुगेका नेपाली चिया बोकेका ट्रकहरू हप्तौँदेखि रोकिएका छन्।

करिब ३ लाख किलो चिया परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको छ।

मे १ देखि लागू गरिएको नयाँ प्रणाली अनुसार प्रत्येक चिया खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ, जसका कारण परीक्षण रिपोर्ट आउन लामो समय लाग्ने र रिपोर्ट नआएसम्म बिक्री रोक्नुपर्ने अवस्था सिर्जना भएको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले बजारमै पुगिसकेको चिया समेत रोक्नु अन्यायपूर्ण भएको भन्दै यो कदमले नेपाली चिया उद्योगलाई लक्षित गरेको आरोप लगाएका छन्।

सूर्योदय नगरपालिकामा करिब २,९९५ चिया किसान आबद्ध छन्, जहाँ वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुन्छ। 

उद्योग बन्द भएपछि किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

नगरपालिकाले समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्न माग गरेको छ।  

नेपालले वार्षिक करिब ७० लाख किलो अर्थोडक्स चिया निर्यात गर्छ, जसको ठूलो हिस्सा भारतमा निर्भर रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.