बुधबार, असार २४,२०८३ 01:19:12
Bizshala
  • बुधबार, असार २४,२०८३ 01:19:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टेम्पो भीरबाट खसेको घटनामा प्रदेश सरकारद्वारा छानबिन समिति गठन

Laxmi Sunrise Bank Limited
टेम्पो भीरबाट खसेको घटनामा प्रदेश सरकारद्वारा छानबिन समिति गठन

काठमाण्डौ ।  कैलालीको गोदावरीमा टेम्पो भीरबाट खसेको घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्दै घटनाबारे विस्तृत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार डिभिजन वन कार्यालय कैलालीले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानका क्रममा गोदावरी सामुदायिक वन क्षेत्रमा रहेको टेम्पो भीरबाट खसेको थियो।  

घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना र प्रश्न उठेका थिए।

गठित समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका वरिष्ठ प्रतिनिधि, यातायात व्यवस्था कार्यालयका इन्जिनियर तथा मन्त्रालयका कानुन अधिकृत सदस्यका रूपमा रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदेश सरकारले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाएको छ।  

यसअघि डिभिजन वन कार्यालयका प्रमुखले टेम्पोलाई नियोजित रूपमा नखसालिएको दाबी गरेका थिए।

घटनामा संलग्न कर्मचारीहरू हाल प्रहरीको निगरानीमा रहेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X