बुधबार, असार २४,२०८३ 11:50:26
Bizshala
  • बुधबार, असार २४,२०८३ 11:50:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अबैध खैनी-गुट्खा बोकेको विवादित कार्गो हङकङमा अफलोड, ३ दिन बित्दा पनि देखिएन अर्को उडानको रेकर्ड

Laxmi Sunrise Bank Limited
अबैध खैनी-गुट्खा बोकेको विवादित कार्गो हङकङमा अफलोड, ३ दिन बित्दा पनि देखिएन अर्को उडानको रेकर्ड

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत जापान पठाउने तयारी गरिएको ठूलो परिमाणको खैनी–गुट्खा खेपबारे बिजशालाले समाचार सार्वजनिक गरेको केही दिनमै उक्त कार्गो हङकङमा अफलोड भएको तथ्य सार्वजनिक भएको छ। अझ रोचक पक्ष के छ भने अफलोड गरिएको तीन दिन बितिसक्दा पनि कार्गो अर्को उडानमार्फत गन्तव्यतर्फ पठाइएको कुनै रेकर्ड एयरलाइनको ट्र्याकिङ प्रणालीमा देखिएको छैन।

बिजशालाले यसअघि एयरवे बिल (AWB) नम्बर 160-10074595 अन्तर्गत १८ बोरा ‘जिट खैनी’ र ३८ बोरा ‘भोला गुट्खा’ जापान पठाउने तयारी भइरहेको समाचार सार्वजनिक गरेको थियो। प्राप्त सूचनाअनुसार उक्त कार्गोसँग आवश्यक अन्तःशुल्क (एक्साइज) सम्बन्धी कागजात नभएको दाबीसमेत गरिएको थियो।

New Office
CG Motors
Garima Development Bank

अब सोही एयरवे बिल नम्बरको कार्गो ट्र्याकिङ विवरणले नयाँ प्रश्नहरू जन्माएको छ।

क्याथे कार्गोको ट्र्याकिङ प्रणालीअनुसार उक्त कार्गो ११ जुनमा हङकङ विमानस्थल पुगेको थियो। त्यसको भोलिपल्ट अर्थात् १२ जुनमा कार्गोको स्टाटस ‘Discrepancy-Offload (DIS)’ मा परिवर्तन भएको देखिन्छ।

एयरलाइनले सोही विवरणमा ‘Flight Rearrangement’ उल्लेख गर्दै “तपाईंको कार्गो अर्को उपलब्ध उडानमा पुनः बुक गरिनेछ” भन्ने सूचना दिएको छ। अफलोडको कारणमा भने केवल ‘Operational Reasons’ मात्र उल्लेख गरिएको छ।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठेको छ।

यदि कार्गो सामान्य सञ्चालनगत कारणले मात्रै निर्धारित उडानबाट हटाइएको थियो भने त्यसलाई अर्को उडानमा पुनः बुक गरी पठाउँदा त्यसको अद्यावधिक विवरण ट्र्याकिङ प्रणालीमा देखिनुपर्ने हो। अन्तर्राष्ट्रिय कार्गो व्यवस्थापनमा पुनः बुकिङ, प्रस्थान (Departure) वा आगमन (Arrival) सम्बन्धी नयाँ रेकर्ड सामान्यतया प्रणालीमा अपडेट हुने गर्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर १५ जुनसम्म उपलब्ध ट्र्याकिङ विवरणमा १२ जुनपछिको कुनै नयाँ गतिविधि देखिएको छैन। न त नयाँ उडान नम्बर उल्लेख छ, न प्रस्थानको रेकर्ड, न आगमनको।

यसले उक्त कार्गो वास्तवमै अर्को उडानमार्फत पठाइयो वा अझै हङकङमै रोकिएको छ भन्नेबारे थप जिज्ञासा उत्पन्न गरेको छ।

यद्यपि हालसम्म उपलब्ध तथ्यका आधारमा कार्गो कुनै सुरक्षा जाँच, भन्सार निगरानी वा अन्य विशेष कारणले रोकिएको निष्कर्ष निकाल्न भने सकिँदैन। क्याथे कार्गोले आधिकारिक रूपमा ‘Operational Reasons’ नै उल्लेख गरेको छ र हङकङ भन्सार वा अन्य निकायबाट पनि कुनै सार्वजनिक जानकारी आएको छैन।

तर घटनाक्रमले केही गम्भीर प्रश्नहरू भने उठाएको छ।

विशेषगरी बिजशालाले यसअघि प्रकाशित गरेको समाचारमा उक्त खेपसँग आवश्यक एक्साइजसम्बन्धी कागजात नरहेको दाबी गरिएको थियो। त्यही एयरवे बिल नम्बरको कार्गो अहिले निर्धारित उडानबाट अफलोड भएको र त्यसपछि तीन दिनसम्म कुनै नयाँ ट्र्याकिङ रेकर्ड नदेखिएको अवस्थाले कार्गोको वास्तविक स्थिति के हो भन्ने प्रश्नलाई अझ पेचिलो बनाएको छ।

विमानस्थल सुरक्षा, भन्सार निगरानी र अन्तर्राष्ट्रिय कार्गो व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरूले यस विषयमा स्पष्टता दिनुपर्ने देखिन्छ। किनभने हजारौं किलो तौलको व्यावसायिक कार्गो निर्धारित उडानबाट हटिएपछि त्यसको पछिल्लो अवस्थाबारे कुनै सार्वजनिक ट्र्याकिङ अद्यावधिक नदेखिनु सामान्य घटना मान्न कठिन हुने जानकारहरू बताउँछन्।

अहिलेसम्म उपलब्ध तथ्यले एउटा कुरा मात्र पुष्टि गर्छ—जापानतर्फ पठाउने तयारी गरिएको विवादित खैनी–गुट्खा खेप हङकङमा निर्धारित उडानबाट अफलोड भएको छ। तर त्यसपछि उक्त कार्गो कहाँ छ, अर्को उडानमा पठाइयो कि अझै होल्ड अवस्थामै छ, त्यो भने अझै रहस्यमै छ।

यसअघि प्रकाशित समाचारहरु :

-ब्रेकिङः चुरोटपछि खैनी–गुट्खा तस्करीको नयाँ खेप उड्दै रु त्रिभुवन विमानस्थलबाट जापान पठाउने तयारीबारे गोप्य सूचना

-विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X