काठमाण्डौ । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।