बुधबार, असार २४,२०८३ 11:47:51
Bizshala
  • बुधबार, असार २४,२०८३ 11:47:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

Laxmi Sunrise Bank Limited
नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमाण्डौ । नेपाल टेलिभिजनमा विगतका वर्षहरूमा भएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन भएको छ ।  

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा.सुदीप भट्टराईको नेतृत्वमा समिति गठन गरिएको हो।  

 

New Office
CG Motors
Garima Development Bank

चार सदस्यीय उक्त समितिले नेपाल टेलिभिजनका विभिन्न खरिद प्रक्रियाको समग्र समीक्षा गर्नेछ।

समितिलाई नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित खरिद, उजुरी तथा गुनासोहरूको विस्तृत अध्ययन गरी तथ्यपरक प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।  

उक्त प्रतिवेदन २१ दिनभित्र मन्त्रालयमा सुझावसहित पेस गर्नुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छानबिनको कार्यक्षेत्रमा ग्राफिक्स सिस्टम, न्यू मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ लगायतका प्रविधि समावेश छन्।

मन्त्रालयले विभिन्न निकायमा यी खरिद प्रक्रियासम्बन्धी उजुरी तथा गुनासो प्राप्त भएपछि प्रारम्भिक अध्ययनका लागि समिति गठन गरिएको जनाएको छ।

पछिल्लो समय नेपाल टेलिभिजनमा प्रविधि आधुनिकीकरणका नाममा भएका खरिद प्रक्रियामा पारदर्शिता, लागत मूल्यांकन तथा कानूनी प्रक्रिया पालना भएको वा नभएको विषयमा प्रश्न उठ्दै आएका छन्।

यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रक्रियासम्बन्धी विषयमा छानबिन गर्न छुट्टै समिति गठन गरिसकेको थियो।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X