काठमाण्डौ । बियरिस ट्रेण्डमा रहेको बंगलादेशको सेयर बजारलाई गति दिने प्रयास विफल भएको छ । पछिल्लो समय ओरालो लागिरहेको बंगलादेशको सेयर बजार उकास्नका लागि सोमबार बंगलादेशको नियामकले शीर्ष ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुसँग भएको वार्ता विफल भएको हो ।
बंगलादेशको ‘बंगलादेश सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसन(बीएसईसी)ले आयोजना गरेको वार्तामा केहि पनि ठोस निर्णय हुन नसकेको बताइएको छ । यसले लगानीकर्ताको मनोबलमा गिरावट आएपछि आज बंगलादेशको सेयर बजारमा गिरावट आएको छ ।
आज बंगलादेशको सेयर बजार ‘ढाका स्टक् एक्सचेञ्ज’४१ अंकले घटेर ५ हजार ६३३ विन्दुमा सीमित बनेको छ ।
त्यस्तै ब्लूचिप इन्डेक्स डीएस३० पनि ३ प्वइन्टले घटेर १ हजार ९८० को विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा लामो समयदेखि आईरहेको गिरावटप्रति असन्तुष्टि जनाउँदै ढाका स्टक एक्सचेञ्जको भवन बाहिर लगानीकर्ताको समूहले आन्दोलन गरिरहेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । -एजेन्सी