मंगलवार, आश्विन २०,२०८३ 03:15:29
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:15:29
Bizshala
Global IME Bank Limited

जर्मनीले बढायो विकास सहयोग, स्वास्थ्यदेखि ऊर्जा क्षेत्रसम्म ३६.७ मिलियन यूरो उपलब्ध गराउने

Bizshala
जर्मनीले बढायो विकास सहयोग, स्वास्थ्यदेखि ऊर्जा क्षेत्रसम्म ३६.७ मिलियन यूरो उपलब्ध गराउने
New Office

काठमाण्डौ । नेपालका स्वास्थ्य, ऊर्जा र दिगो आर्थिक विकासका कार्यक्रमलाई थप मजबुत बनाउन जर्मन सरकारले ३६.७ मिलियन युरो (करिब साढे ६ अर्ब रुपैयाँ) बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।  

उक्त सहयोग सन् २०२६–२०२७ अवधिमा कार्यान्वयन हुने विकास कार्यक्रमहरूका लागि परिचालन गरिने जनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल–जर्मनी विकास सहयोगसम्बन्धी द्विपक्षीय वार्ताका क्रममा जर्मनीले यो प्रतिबद्धता जनाएको हो।  

असार २ र ३ गते काठमाडौंमा सम्पन्न बैठकमा दुई देशबीचको दीर्घकालीन विकास साझेदारी, सहयोगका प्राथमिक क्षेत्र तथा आगामी योजनाबारे व्यापक छलफल भएको थियो।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा.धनीराम शर्माले गरेका थिए ।  

जर्मनीका तर्फबाट जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी दक्षिण एसिया विभाग प्रमुख बारबरा शेफर नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो।

बैठकमा नेपालको विकास एजेन्डा, सामाजिक तथा आर्थिक रूपान्तरण, ऊर्जा क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा दिगो विकासका लक्ष्य प्राप्तिका विषयमा विशेष चर्चा भएको बताइएको छ।  

नेपालले आफ्नो विकास प्राथमिकता पूरा गर्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखेको थियो।

जर्मनीको सहयोगले नेपालका विभिन्न विकास कार्यक्रमलाई गति दिएको र आगामी दिनमा पनि सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।   

दुवै देशका प्रतिनिधिहरूले विगतमा सञ्चालित विकास परियोजनाहरूको प्रगतिको समीक्षा गर्दै आगामी सहयोगलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने विषयमा समेत सहमति गरिएको छ ।

स्वास्थ्य र ऊर्जा क्षेत्रका अतिरिक्त जलवायु परिवर्तन अनुकूलन, सामाजिक समावेशिता, सुशासन तथा दिगो आर्थिक वृद्धिका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

बैठकले नेपाल–जर्मनी विकास सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी द्विपक्षीय विकास सहयोग बैठक सन् २०२८ मा जर्मनीमा आयोजना गर्ने निर्णय समेत गरेको छ।  

दुई देशबीचको यो सहकार्यले नेपालको विकास प्राथमिकता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.