बिहीबार, बैशाख ३१,२०८३ 10:39:22
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:39:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अधिकांश फाइनान्स कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक, मन्जुश्री भने सबै सूचकमा अब्बल

Laxmi Sunrise Bank Limited
अधिकांश फाइनान्स कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक, मन्जुश्री भने सबै सूचकमा अब्बल
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत फाइनान्स कम्पनीहरुले साढे ३५ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । १५ वित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५१ लाख रुपैयाँ नोक्सान ब्यहोरेका हुन् ।  

१५ मध्ये सो अवधिसम्म जम्मा ७ वटा कम्पनी मात्रै नाफा आर्जन गर्न सफल भएका छन् भने ८ वटा कम्पनीको मुनाफा ऋणात्मक अवस्थामा रहेको छ । नाफा कमाएका ७ वटा कम्पनीले कुल ३१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

तर ८ वटा वित्त कम्पनीले ६६ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै नोक्सानी ब्यहोर्दा समग्र फाइनान्स कम्पनीहरुको नोक्सानी ३५ करोड रुपैयाँ भन्दा बढी देखिएको हो ।  

नाफा कमाएका ७ मध्ये सर्वाधिक मन्जुश्री फाइनान्सले तेस्रो त्रैमाससम्म १६ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, दोस्रोमा गोर्खाज फाइनान्सले ५ करोड ४८ लाख, आइसीएफसी फाइनान्सले ३ करोड ३२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ३ करोड १२ लाख, मल्टीपर्पस फाइनान्सले १ करोड ५९ लाख, बेष्ट फाइनान्सले ८० लाख २६ हजार र नेपाल फाइनान्स १३ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

यसका साथै ८ वटा फाइनान्स कम्पनीले भने तेस्रो त्रैमाससम्म ६६ करोड ६१ लाख रुपैयाँभन्दा बढी घाटा ब्यहोरेका छन् । सर्वाधिक घाटा ब्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । कम्पनीले सो अवधिसम्म १८ करोड २९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, जानकी फाइनान्सले १० करोड ८६ लाख, गुडवील फाइनान्सले ८ करोड ६४ लाख, समृद्धी फाइनान्सले ६ करोड ९३ लाख, सेन्ट्रल फाइनान्सले ६ करोड १४ लाख, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५ करोड ५० लाख, प्रोगेसिभ फाइनान्सले ५ करोड ४९ लाख र रिलायन्स फाइनान्सले ४ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

Bizshala
New Office
CG Motors

१३ फाइनान्सको वितरणयोग्य मुनाफा ऋणात्मक  

नाफामा संकुचन आएपनि अधिकांश फाइनान्स कम्पनीहरु लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएका छन् । चालु आवको तेस्रो त्रैमाससम्म २ वटा फाइनान्सको वितरणयोग्य मुनाफा मात्रै धनात्मक अवस्थामा छ ।  

जसमध्ये मन्जुश्री फाइनान्सले १ करोड २५ लाख रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनानसले ३५ लाख २ हजार रुपैयाँ वितरणयोग्य मुनाफाको रुपमा छुट्याएका छन् । १३ वटा फाइनान्स कम्पनी तेस्रो त्रैमाससम्म लाभांश बाँड्न नसक्ने अवस्थामा देखिन्छन् । साढे ६६ करोड रुपैयाँ घाटामा रहँदा ८ वटा फाइनान्सले सो अवधिसम्म ६६ करोड भन्दा बढी घाटा ब्यहोर्दा १३ वटा फाइनान्सको वितरणयोग्य मुनाफा ऋणात्मक देखिन पुगेको छ ।  

सो अवधिसम्म त्यस्तो अवस्था सर्वाधिक ऋणात्मक हुनेमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सको वितरणयोग्य मुनाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  

त्यस्तै, समृद्धी फाइनान्सको ५३ करोड ६१ लाख, पोखरा फाइनान्सको ४५ करोड ८८ लाख र प्रोगेसिभ फाइनान्सको ४० करोड ४३ लाख रुपैयाँ ऋणात्मक छ ।  

मन्जुश्री फाइनान्सको ईपीएस र बुकभ्यालु सर्वाधिक  

तेस्रो त्रैमाससम्म ७ वटा फाइनान्स कम्पनीको ईपीएस धनात्मक अवस्थामा रहेको छ भने ८ वटाको ईपीएस ऋणात्मक रहेको छ । सो अवधिसम्म सर्वाधिक मन्जुश्री फाइनान्सको ईपीएस १४.९० रुपैयाँ रहेको छ । ईपीएसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा यसलाई कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचक मानिन्छ ।  

त्यस्तै प्रतिसेयर नेटवर्थ (बुकभ्यालु)मा पनि मन्जुश्री नै अगाडी रहेको छ । कम्पनीको बुकभ्यालु १५९.७५ रुपैयाँ रहेको छ । बुकभ्यालुबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा वृद्धि हुनु राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ ।  

६ वटा फाइनान्सको पीई रेसियो ऋणात्मक  

चालु आवको तेस्रो त्रैमाससम्म ६ वटा फाइनान्स कम्पनीको मूल्य आम्दानी अनुपात ९पीई रेसियो०ऋणात्मक रहेको छ । गुडवील फाइनान्सको ३८.९० गुणा, गुहेश्वरी फाइनान्सको ६७.९८ गुणा, सेन्ट्रल फाइनान्सको ४३.६४ गुणा, रिलायन्स फाइनान्सको ६५.७० गुणा र प्रोगेसिभ फाइनान्सको ४९.९७ गुणा रहेको छ ।  

सो अवधिसम्म सर्वाधिक थोरै पीई रेसियो मन्जुश्री फाइनान्सको ३३.८९ गुणा रहेको छ । पीई रेसियो १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । सिद्धान्तको आधारमा पीई रेसियो धेरै भएको राम्रो मानिदैन । झन् ऋणात्मक अवस्थामा भएको कम्पनीको वित्तीय अवस्था बिग्रँदो अवस्थामा रहेको बुभ्न सकिन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका भन्ने देखाउँछ ।  

जानकी फाइनान्समा खराब कर्जा चुलियो  

चालु आवको तेस्रो त्रैमाससम्म ९ वटा फाइनान्स कम्पनीको नन पर्फमिङ लोन (एनपीएल) ५ प्रतिशतभन्दा बढी छ । सिद्धान्तको आधारमा वित्तीय संस्थाहरुमा खराब कर्जाको अवस्था ५ प्रतिशतभन्दा बढी भएमा राम्रो मानिदैन ।  

साथै राष्ट्र बैंकका अनुसार १० प्रतिशत वा सो भन्दा बढी एनपीएल भएमा उक्त संस्थामा खराब कर्जा थुप्रिएर जोखिमको अवस्थामा पुग्न सक्नेछन् । १० प्रतिशतभन्दा बढी खराब कर्जा भएको संस्थाले खुद ब्याज आम्दानी गर्न सक्दैनन् । जसकारण उक्त संस्थाले घाटा ब्यहोर्न सक्ने अवस्था आउँछ ।  

तेस्रो त्रैमाससम्म सर्वाधिक एनपीएल २८.९१ प्रतिशत रहेको छ ।

त्यस्तै, समृद्धी फाइनान्सको १७.२३ प्रतिशत, गोर्खाज फाइनान्सको १४.५० प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.५७ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ९.३४ प्रतिशत, नेपालको ९.२४ प्रतिशत, रिलायन्सको ८.४८ प्रतिशत, पोखराको ७.९१ प्रतिशत र गुडवीलको ६.४८ प्रतिशत रहेको छ ।  

साथै सबैभन्दा थोरै खराब कर्जा श्री इन्भेष्टमेन्ट फाइनान्समा रहेको छ । कम्पनीको एनपीएल २.५५ प्रतिशत मात्रै रहेको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.