बिहीबार, श्रावण २१,२०८३ 05:18:52
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:18:52
Bizshala
Global IME Bank Limited

साताको टप १० कम्पनी, नयाँले कमाउँदा सर्वाधिक गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक

साताको टप १० कम्पनी, नयाँले कमाउँदा सर्वाधिक गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक
New Office

काठमाण्डौ । गत साता नेप्से परिसूचक २७०२.११ विन्दुमा कायम भई बन्द भयो । अघिल्लो साता भने नेप्से सूचक २७२४.०३ विन्दुमा कायम भई बन्द भएको थियो ।  

यसर्थ नेप्से अघिल्लो साताको तुलनामा गत साता २१.९२ अंक अर्थात् ०.८० प्रतिशतले घट्न पुग्यो ।  

साताभरकै सबैभन्दा ठूलो इन्ट्राडे (एकै दिनको) गिरावट सोमबार १२.२६ अंकले घट्यो, जुनदिन रु.४.४१ अर्बको कारोबार भएको थियो । यद्यपि, समग्र साताको कुल कारोबार रकम भने रु. २०.०४ अर्ब पुगेको छ ।

गत साता उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भए । उत्पादन तथा प्रशोधन समूह ०.६२ प्रतिशतले बढ्यो भने सर्वाधिक घट्नेमा अन्य समूह ३.१० प्रतिशतले घट्यो ।  

सर्वाधिक कमाउने टप १० कम्पनी  

गत साता सर्वाधिक कमाउनेमा एपोलो हाइड्रो रहेको छ । यो कम्पनीको सेयर गत साता १०१.०५ प्रतिशतले वृद्धि भई ९१६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयरभाउ पनि ९९.३६ प्रतिशतले बढेर १०६० रुपैयाँ कायम भएको छ ।  

यसका साथै सपोर्ट माइक्रोफाइनान्सको १०.४० प्रतिशत, बुंगल हाइड्रोको ९.४९ प्रतिशत, एसबीएल डिबेञ्चरको ५.८८ प्रतिशत, भुजुङ हाइड्रोको ५.८६ प्रतिशत, एबीबीएल डिबेञ्चरको ५.६९ प्रतिशत, एनसीसी डिबेञ्चरको ५.५७ प्रतिशत, रिलायन्स फाइनान्सको ५.४८ प्रतिशत र गुराँस लघुवित्तको ४.७८ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

गत सातामा सर्वाधिक गुमाउने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । बैंकलले ११.५१ प्रतिशतले गुमाएको छ ।  

त्यस्तै, रावा इनर्जीले १०.०४ प्रतिशत, सिटिजन्स बैंकको डिबेञ्चरले ८.५२ प्रतिशत, एनएमबी डिबेञ्चरले ८.३६ प्रतिशत, आँखु खोला जलविद्युतले ७.७७ प्रतिशत, सालपा विकास बैंकले ७.७१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ७.१० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ६.५८ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोपावरले ६.४७ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकले ६.४४ प्रतिशतले गुमाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.