साताको टप १० कम्पनी, नयाँले कमाउँदा सर्वाधिक गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक
काठमाण्डौ । गत साता नेप्से परिसूचक २७०२.११ विन्दुमा कायम भई बन्द भयो । अघिल्लो साता भने नेप्से सूचक २७२४.०३ विन्दुमा कायम भई बन्द भएको थियो । यसर्थ नेप्से अघिल्लो साताको तुलनामा गत साता २१.९२ अंक अर्थात् ०.८० प्रतिशतले घट्न पुग्यो । साताभरकै सबैभन्दा ठूलो इन्ट्राडे (एकै दिनको) गिरावट सोमबार १२.२६ अंकले घट्यो, जुनदिन रु.४.४१ अर्बको कारोबार भएको थियो । यद्यपि, समग्र साताको कुल...

