बुधबार, असार १०,२०८३ 07:05:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:05:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विराटनगरबाट हराएको २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर चोरी पुष्टि

Laxmi Sunrise Bank Limited
विराटनगरबाट हराएको २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर चोरी पुष्टि

काठमाण्डौ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि २० हजार लिटर पेट्रोल बोकेर हराएको ट्याङ्कर सुनसरीको भोक्राहा गाउँपालिका–८ मा बेवारिसे अवस्थामा फेला परेको छ ।  

असार १० गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

जाँचका क्रममा पेट्रोलको गुणस्तर ठीक पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ।  

ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।

को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते बिहान पार्किङस्थलबाट हराएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरी अनुसन्धानमा ट्याङ्कर बिहान ३स्०३ बजे पार्किङबाट बाहिरिएको पुष्टि भएको थियो र फेला पर्दा यसको ताला काटिएको थियो।  

निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको पेट्रोलको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिसकेको जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.