सोमबार, असार २,२०८२ 08:37:05
  • सोमबार, असार २,२०८२ 08:37:05
Global IME Bank Limited

नेशनल हाईड्रोपावर १.१४ करोड घाटामा, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
नेशनल हाईड्रोपावर १.१४ करोड घाटामा, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा यो घाटा ४९.८० प्रतिशतले कम हो ।  

यस्तै कम्पनीको आम्दानी ०.०७६ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ९१ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ करोड ९१ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च भने १०.७१ प्रतिशतले बढ्दै ९२ लाख १५ हजार पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ८३ लाख २३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १ करोड १२ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ७२ लाख ३४ हजारमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ८१.५७ प्रतिशतले बढ्दै १ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)०.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.९९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.३३ र मुल्य आम्दानी अनुपात ४११.०१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.