काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राईड सेयरिङ सेवामा आवद्धमा सवारी साधनलाई छुट्टै पहिचान हुने चिन्ह उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन् ।
मुगुको २५ वर्षीय गणेश नेपालीको मृत्यु सन्दर्भमा बोल्दै सांसद तामाङले यो घटना केवल एक व्यक्तिको दुखद अन्त्य नभई स्वरोजगारमा संलग्न हजारौं युवाले भोगिरहेको व्यवहारिक समस्यातर्फ राज्यको ध्यानकषर्ण गराउने गम्भीर संकेत रहेको बताईन् ।
साथै सरकारले राइड सेयरिङ सेवामा आवद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा अन्य आधिकारीक चिन्ह उपलब्ध गराई ट्राफिक प्रहरी र स्थानीय तहका निकायले पहिचान गर्न सक्ने व्यवस्था गर्न माग गरेकी छिन् ।

