काठमाण्डौ । नेपालले इन्डिया ‘ए’सँग घरेलु मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी डिसेम्बर ९, ११ र १३ तारिखमा शृंखलाका खेलहरू हुनेछन्। सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ।
स्कटल्यान्डमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनका क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव देवजित साइकियाबीच भएको बैठकमा शृंखला आयोजना गर्ने सहमति भएको क्यानले जनाएको छ।
इन्डिया ‘ए’ टोलीसँग नेपालले घरेलु मैदानमा खेल्न लागेको यो शृंखलालाई नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

