काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहमा रहेको १० प्रतिशत सेयरलाई सर्वसाधारणमा परिणत गर्न लागेको हो ।
यसपश्चात संस्थामा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ । हाल भने संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
संस्थाले सेयर स्वामित्व परिवर्तन गर्नका लागि राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
सेयर संरचना परिवर्तन पछि संस्थापक समूहको सेयर स्वामित्व ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण समूहको २८ लाख ८५ हजार ७९६.४४ कित्ता कायम हुनेछ ।