सोमबार, असार २९,२०८३ 07:49:03
Bizshala
  • सोमबार, असार २९,२०८३ 07:49:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थपियो, अनुसन्धानका लागि थप तीन दिन अनुमति

Laxmi Sunrise Bank Limited
विष्णु पौडेलको हिरासत पाँचौँ पटक थपियो, अनुसन्धानका लागि थप तीन दिन अनुमति

 

काठमाण्डौ ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानरत नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राख्न विशेष अदालतले पाँचौँ पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अर्थात् ‘मनी लाउन्डरिङ’सँग सम्बन्धित विषयमा विभागले अनुसन्धान गरिरहेको छ।

New Office
CG Motors
Garima Development Bank

विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि विभागले उनलाई विशेष अदालतबाट पटक–पटक म्याद लिएर न्यायिक हिरासतमा राख्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि चार पटक म्याद थप भइसकेकोमा सोमबार पाँचौँ पटक थप तीन दिनको अनुमति दिइएको हो। यद्यपि, उनीमाथिको अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन र औपचारिक रूपमा दोषी ठहरसमेत भइसकेका छैनन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.