काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । बैंकको १० वर्षे अवधि तथा वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०८३’ नामक ऋणपत्र असार २९ गते बाँडफाँड गरिएको हो ।
बैंकले गत असार १६ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको रु. १ हजार रुपैयाँका दरले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । बाँडफाँडमा परेको ऋणपत्रको विवरण सिडिएस एण्ड क्लियरिङबाट सञ्चालित वेबसाइट वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।
बाँडफाँडमा नपरेको ऋणपत्र वापतको रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गरिदिन समेत बिक्री प्रबन्धक सानिमा क्यापिटलले सूचित गरेको छ ।

