बुधबार, श्रावण ६,२०८३ 12:05:00
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:05:00
Bizshala
Global IME Bank Limited

चालु आर्थिक वर्षमा ६ हजार बढी विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षमा ६ हजार बढी विद्युतीय सवारी आयात
New Office

कठमाण्डौ । चालु आर्थिक वर्ष २०८२–८३ मा रसुवागढी नाकाबाट ६,५०० भन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन्।

प्रशासनिक विवाद र निलम्बनका बाबजुद, सुधारिएको पूर्वाधार र प्रक्रियाले आयात वृद्धिमा सहयोग पुर्याएको हो ।

उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२–८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ। नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने विद्युतीय सवारीको आयात बढेसँगै रसुवा भन्सार कार्यालयले १५ अर्बभन्दा बढी राजश्व सङ्कलन समेत गरेको जनाइएको छ । जसमध्ये ६०% भन्दा बढी हिस्सा विद्युतीय सवारीको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन्। यी सवारी चीनका विभिन्न सहरबाट केरुङ हुँदै नेपाल ल्याइएको हो।

सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा वृद्धि गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षणका कारण आयातमा कुनै उल्लेख्य कमी न आएको हो । इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम हुने, वातावरणमैत्री हुने तथा आधुनिक प्रविधियुक्त भएकाले उपभोक्ताहरू ईभीतर्फ आकर्षित भएका हुन्। 

यस समय काठमाडौँसँग छोटो दूरीमा रहेको रसुवागढी नाका चीनबाट सवारी आयात गर्ने व्यवसायीहरूको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुँदै गएको छ। जाँचपास प्रणाली प्रविधिमैत्री बन्दै जानु तथा भन्सार प्रक्रियामा सहजता आउनुले आयात वृद्धि भएको व्यापारीहरुको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.