काठमाण्डौ । आज बजार दिनभर सामान्य उत्तारचढाव रह्यो । सुरुवाती समयमा केही अंक बढेको बजार अन्तमा करिब १० अंकले घटेर बन्द भयो ।
प्राविधिक रुपमा नियाल्दा बोलिङगरको अपरब्यान्डमा शुटिङ स्टार बनेर खसेको बजारले आज मध्यब्यान्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा अन्तिम समयमा बिक्री दवाब परेको बुझिन्छ ।
भोलुममार्फत नियाल्दा करिब १० अर्ब कारोबारपछि खसेको बजारमा आज करिब ४ अर्बको कारोबार भएको छ । घटेको ६ वटा कारोबार दिनमा भोलुम पनि विस्तारै घट्दै गएको छ ।
यसले लगानीकर्ता खरिदबिक्री दुवैमा आक्रामक छैनन् भन्न बुझिन्छ । अघिल्लो दिन डोजी स्टार बनेको बजारमा आज सुटिङ स्टार बन्नु भन्ने खासै राम्रो होइन ।
म्याक्डीमार्फत हेर्दा पनि बजार केही दिन पहिले नै बियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् ।
आरएसआईमा पनि बजार बियरिस डाइभर्जेन्स बनेको छ । समग्रमा तीनवटै इण्डिकेटरले बजारमा बिक्री दवाब परेको र आरएसआईमा बियरिस डाइभर्जेन्स बनेको बुझिन्छ ।
पिभटमार्फत हेर्दा बजार घटेमा पहिलो सपोर्ट २०८६, दोस्रो सपोर्ट २०७५ र तेस्रो सपोर्ट २०६१ मा लिनसक्छ ।
त्यसैगरी, बढेमा २१११, २१२४ र २१३६ मा प्रतिरोधकाृ सामना गर्नसक्छ ।
अबको सम्भावना कस्तो ?
आज २०९० बाट खसेको बजार कमजोर बन्दै गएको छ । कारोबार र भोलुमले यसलाई पुष्टि गरेको छ । यसकारण बजार केही समय साइडवेजमा जानसक्ने सम्भावना छ ।
(नोट: सेयर बजारको लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कुनै कारोबारको सिफारिस भने होइन ।)