काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको कुल ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ९ करोड ४८ लाख २ हजार १५ पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।