काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले डेढ करोड नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ६८ लाख ६३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै घाटाबाट नाफामा उक्लिएको हो । अघिल्लो आवमा ८ करोड ९९ लाख रुपैयाँ मात्रै बिद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले गत आवमा भने १० करोड ४४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ५.५१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ८.३८ रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको पीई रेसियो ४९ गुणा, तरलता अनुपात ०.२३ प्रतिशत, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८५.७२ रुपैयाँ छ । कम्पनीको सेयर पूँजी भने २६ करोड रुपैयाँ रहेकोमा रिजर्भ कोष २४ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।