वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल
काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त...