सोमबार, फाल्गुन ४,२०८२ 12:15:31
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:15:31
Bizshala
Global IME Bank Limited

दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो , घट्यो वित्त खर्च

दिव्यश्वरी हाईड्रोपावरको नाफा ६५.५२% ले बढ्यो , घट्यो वित्त खर्च
Shivam Cement

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो ।  

यो अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.८७७ प्रतिशतले मात्रै बढी हो । कम्पनीको प्रत्यक्ष खर्च १५ लाख ७६ हजारबाट बढेर १८ लाख १२ हजार पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कम्पनीको अन्य सञ्चालन तथा प्रशासनिक खर्च २४ लाख ८१ हजारबाट घटेर २३ लाख ७० हजारमा खुम्चिएको छ । वित्त खर्च पनि १ करोड ४३ लाखबाट घटेर ९८ लाख ८१ हजार रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भ फण्ड २४ करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५३ करोड ८१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.३८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ७.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८१.९६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६४.३८ गुणा ऋणात्मक र तरलता अनुपात ०.२१ प्रतिशत कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.