मंगलवार, पुष १,२०८२ 03:59:39
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:59:39
Bizshala
Global IME Bank Limited
Bizshala

दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर

Hyundai Nepal
दिव्यश्वरी हाईड्रोपावर ३.९१ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
Shivam Cement

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेड ३ करोड ९१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

अपरिष्कृत प्रतिवेदनअनुसार कम्पनीको घाटा बढ्नुका साथै विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि कमी आएको छ । आम्दानीमा कमी आउनुका साथै कम्पनीको खर्च समेत बढेको छ ।  

CG Motors
Garima Development Bank
Bizshala

अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ८२ लाख रुपैयाँ थियो । जुन गत आवमा बढेर ३ करोड ९१ लाख पुगेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम अघिल्लो आवमा आर्जन भएको ८ करोड ६० लाखको तुलनामा ६.०१४ प्रतिशतले कम हो । कम्पनीले अन्य स्रोतबाट ४ लाख ९७ हजार रुपैयाँबराबरको आम्दानी गरेको छ ।  

कम्पनीको प्रत्यक्ष खर्च ७९.२१ प्रतिशतले बढेर ७७ लाख ३३ हजार रुपैयाँ पुगेको छ । कर्मचारी खर्च भने १०.६० प्रतिशतले घटेर ५५ लाख ७९ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको अन्य सञ्चालन तथा प्रशासनिक खर्च पनि बढेको छ । यस्तो खर्च २५.६४ प्रतिशतले बढेर ६९ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।  

कम्पनीको रिजर्भ फण्ड २९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५६ करोड ४१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.८२ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १५.३८ गुणा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७.८२ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.४६ रुपैयाँ र तरलता अनुपात ०.१३ प्रतिशत कायम भएको छ ।  ,  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.