मंगलवार, चैत्र १९,२०८१ 11:29:52
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:29:52
IME remit
Global IME Bank Limited

वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल

Hyundai Nepal
वित्त र प्रत्यक्ष खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर ६९.८१ लाख नाफा आर्जन गर्न सफल
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  

यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफामा जान सफल भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको वित्त खर्च १ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।   

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीको प्रत्यक्ष खर्च पनि ६१.९६ प्रतिशतले घटेर १५ लाख ७६ हजार रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४.४१ प्रतिशतले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीले कर्मचारीका लागि १४ लाख ४५ हजार रुपैयाँ र अन्य सञ्चालनका लागि २४ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको रिजर्भ फण्ड २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५६ करोड १० लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात १०४.२० गुणा , प्रतिसेयर नेटवर्थ १०.४५ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८८.८८ रुपैयाँ र तरलता अनुपात ०.२० प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.