बुधबार, श्रावण २०,२०८३ 07:14:45
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:14:45
Bizshala
Global IME Bank Limited

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग

पोखरा विमानस्थलको कर छुट प्रकरणमा पूर्वसचिव न्यौपानेसँग साढे ४ लाख धरौटी माग
New Office

 

काठमाण्डौ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई दिइएको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको संयुक्त इजलासले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपानेसँग उक्त रकम धरौटी माग्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संलग्न केही सरकारी कर्मचारी, चिनियाँ ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङ तथा त्यसका सञ्चालकहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत निर्माण कम्पनीलाई राजस्व तथा कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको अख्तियारको आरोप छ।

आयोगले प्रतिवादीहरूविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजाय र रकम असुलउपरको मागदाबी गरेको छ।

मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले न्यौपानेमाथि लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको भने होइन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.