बिहीबार, श्रावण २१,२०८३ 09:36:39
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:36:39
Bizshala
Global IME Bank Limited

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब दुई घण्टामै यात्रा सम्भव

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब दुई घण्टामै यात्रा सम्भव
New Office

काठमाण्डौ । निर्माण सुरु भएको झण्डै सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा सहज बन्दै गएको छ। अधिकांश खण्डमा निर्माण सम्पन्न भएसँगै अहिले नारायणगढदेखि बुटवलसम्मको ११३.३५ किलोमिटर दूरी सामान्यतया दुई घण्टामै पार गर्न सकिने भएको छ। निजी सवारीसाधनले भने यो दूरी एक घण्टा ३० मिनेटदेखि एक घण्टा ५० मिनेटभित्र पार गरेको अनुभव यात्रुहरूले सुनाएका छन्।

केही समयअघिसम्म विशेषगरी दाउन्ने क्षेत्रमा हुने लामो जामका कारण यात्रुले रातभर सडकमै बिताउनुपर्ने अवस्था थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व–पश्चिम यात्रा झन् कष्टकर बन्ने गरेको थियो। तर अहिले सडक फराकिलो र व्यवस्थित बनेपछि यात्राको समय उल्लेखनीय रूपमा घटेको छ।

ग्यास व्यवसायी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढसम्मको यात्रा एक घण्टा ३० मिनेटमै पूरा गरेको बताए। उनका अनुसार अहिले सडकमा कुनै अवरोध नरहेको र यात्रा सहज बनेको छ।

सडक निर्माणका कारण विगतमा बुटवल, पाल्पालगायत क्षेत्रबाट चितवन आउने यात्रुले पोखरा वा कालीगण्डकी करिडोर हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो। केही यात्रुले भैरहवाबाट काठमाण्डौ हुँदै हवाईमार्ग प्रयोग गरेर चितवन पुग्ने विकल्पसमेत रोज्ने गरेका थिए।

हाल सडक निर्माण सम्पन्न भएसँगै सडक बिग्रिएका कारण दैनिकजसो सवारीसाधन मर्मत गर्नुपर्ने समस्या पनि अहिले हटेको यातायात व्यवसायी बताउछन् । नारायणगढ–बुटवल सडक आयोजनाका पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब ९२ प्रतिशत पुगेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्र बाँकी रहेको उनले जानकारी दिए।

करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको आयोजना २०७५ चैत ८ गतेदेखि सुरु भएको हो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक म्याद थप गरिएको थियो।

दुई लेनको पुरानो सडकलाई चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा स्तरोन्नति गरिएको छ। ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लामो दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा विभाजन गरी निर्माण गरिएको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.