शुक्रबार, श्रावण २२,२०८३ 09:25:38
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 09:25:38
Bizshala
Global IME Bank Limited

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै
New Office

काठमाण्डौ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकहरूमा पर्यटन क्षेत्रका कानूनी व्यवस्था, कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाको मानवअधिकार अवस्था र सडक निर्माणमा देखिएको ढिलाइलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गरी विधेयकका विभिन्न पक्षबारे सुझाव संकलन गरिनेछ।

त्यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।

यस्तै, बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा पोल समयमै व्यवस्थापन हुन नसक्दा सडक निर्माण आयोजनामा भइरहेको ढिलाइबारे सम्बन्धित निकायसँग छलफल गरिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.