काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो। कालोसूचीमा परेका कम्पनी तथा फर्महरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयका अनुसार ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाण्डालाई १ वर्ष ६ महिना, अपन निर्माण सेवा, ललितपुर लाई २ वर्ष तथा खड्क निर्माण सेवा, बझाङ, एन।एल। कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाण्डौ र माण्डौँ निर्माण सेवा (संयुक्त उपक्रम) लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै एमआर आरजे जेभी, सिराहा, आशिष कन्ट्रक्सन, चितवन र आशिष कन्ट्रक्सन मल्टिपर्पोज प्रालि, उदयपुर ९संयुक्त उपक्रम० लाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराजको सिफारिसका आधारमा कारबाही गरिएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका व्यक्ति, फर्म वा कम्पनीले तोकिएको अवधिभर संघ, प्रदेश वा स्थानीय तहअन्तर्गतका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।