शुक्रबार, श्रावण २२,२०८३ 10:18:27
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:18:27
Bizshala
Global IME Bank Limited

पेट्रोलियम पदार्थ चोरीमा संलग्न सात जना ट्याङ्करसहित पक्राउ

पेट्रोलियम पदार्थ चोरीमा संलग्न सात जना ट्याङ्करसहित पक्राउ
New Office

काठमाण्डौ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्रीवितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्याङ्करसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डको आईसीपी जाँचपास भई नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल निकालेर बिक्री गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले बिहीबार साँझ करिब ५ः१० बजे वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरमा ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ (पेट्रोल पम्प सञ्चालक), वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी (पम्पमा लेखा हेर्ने कर्मचारी( र वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ (क्यासियर) रहेका छन्।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर (ना ७ ख २८०४ नम्बरको ट्याङ्कर सहचालक), हेटौंडा–१० का ४६ वर्षीय केशर राम सुनार (सोही ट्याङ्कर चालक), हेटौंडा–१४ का ५० वर्षीय मन्द सिंह लामा (ना ७ ख १५३९ नम्बरको ट्याङ्कर चालक) र हेटौंडा–१४ कै २७ वर्षीय उमेश राना मगर (सोही ट्याङ्कर सहचालक) पक्राउ परेका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.