शुक्रबार, बैशाख ४,२०८३ 04:52:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:52:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

Bizshala
कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
Shivam Cement

काठमाण्डौ । ललितपुरको टिका भैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन सञ्चालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

आज विहान मकवानपुरको बुद्धचोकबाट ५५ प्लस ५५० किमीको सडक खण्डमा रक कटिङ कार्य हुँदै गर्दा सडक भासिएको हो । रक कटिङ हुँदै गरेको भएतापनि साना सवारी साधनहरुलाई एक तर्फी सुचारु गर्दै आएतापनि एक्कासी सडक किनाराको तारजाली वाल नै भासिएर सडक पूर्ण क्षति भई पहिरो गएको अवस्था भएको कारण सवारी आवागम पूर्ण रुपमा बन्द गर्नु परेको ई. महर्जनले बताए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत बैशाख १६ गतेदेखि जेठ १५ गतेसम्म बिहान ४ बजेदेखि बिहान ९ बजेसम्म र मध्याह्न १२ बजे देखि साझ ६ बजे सम्म बन्द हुने ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरेको थियो । उक्त सडकको विभिन्न ५ स्थानमा सिंगल लेन भएको ठाउँमा कडा चटान कटिङ गरि डब्बल लेन सडक निर्माण गर्ने कार्य भैरहेको छ । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकोले यसअघि आंशिक रुपमा बन्द रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.