काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा डाकेको छ । इप्पानको २२ औं साधारण सभा आगामी जेठ ४ गते शुक्रबारका दिन नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान ९ बजे आयोजना हुने भएको हो ।
उक्त सभामा गत आव २०७९/८० का लागि कार्यकारिणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै गत आवको लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन,चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण र साधारण सभाको माइनुटमा हस्ताक्षर गर्नका लागि सभामा उपस्थित सदस्यको तर्फबाट एक सदस्य चयन गर्ने प्रस्ताव पारित गरिनेछ ।
आगामी वैशाख ३१ गतेभित्र सदस्यता नवीकरण गर्ने सदस्यले मात्रै साधारण सभामा भाग लिन पाउने इप्पानले जनाएको छ ।