बुधबार, श्रावण २७,२०८३ 06:51:20
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 06:51:20
Bizshala
Global IME Bank Limited

सडक पूर्वाधार अव्यवस्थित हुँदा यातायात र ट्राफिक व्यवस्थापनमा चुनौती : सिटौला

Prabhu Bank Limited
सडक पूर्वाधार अव्यवस्थित हुँदा यातायात र ट्राफिक व्यवस्थापनमा चुनौती : सिटौला
New Office

काठमाण्डौ ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले अव्यवस्थित सडक तथा यातायात पूर्वाधारका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको बताएका छन्।

नाइमा आयोजित ‘हिजो, आज र भोलि’ कार्यक्रममा बोल्दै सिटौलाले नेपालमा सडक तथा यातायात संरचना योजनाबद्ध रूपमा विकास हुन नसकेको बताए। उनका अनुसार दुईपांग्रे, चारपांग्रे तथा सार्वजनिक यातायातका लागि छुट्टाछुट्टै लेनको व्यवस्था नहुँदा सडक व्यवस्थापन थप जटिल बनेको छ।

उनले सार्वजनिक यातायातका लागि छुट्टै लेन, मालवाहक सवारीका लागि व्यवस्थित पार्किङ र वैज्ञानिक लेन व्यवस्थापन आवश्यक रहेको बताए। सडक विस्तार मात्र समाधान नभएको भन्दै दीर्घकालीन यातायात पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

सिटौलाले सडक सुरक्षाका लागि रोड सेफ्टी अडिट, सडक बत्ती, वैज्ञानिक गति सीमा तथा दुर्घटनापछि तत्काल उद्धार गर्न आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

ट्राफिक नियम उल्लंघनमा जरिवाना आवश्यक भए पनि पूर्वाधार सुधार नगरी जरिवाना मात्रै बढाउँदैमा समस्या समाधान नहुने उनले बताए। नागरिकको आम्दानी र आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर जरिवाना निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

उनले सरकार, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सबै पक्षबीच सहकार्यबाट मात्रै नेपालको यातायात व्यवस्थापन सुधार गर्न सकिने बताए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.