काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ८९८.४५ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले जम्मा १ करोड ४७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा वृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी गत आवमा ४६.५६ प्रतिशत बढेर ६४ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी ३८.९१ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ । अघिल्लो आवमा १४.५१ प्रतिशत रहेको संस्थाको एनपीएस गत आवमा सुधारिएर १३.१० प्रतिशत कायम भएको छ ।
साथै संस्थाको कस्ट अफ फण्ड ६ प्रतिशत, बेस रेट १२.५४ प्रतिशत, स्प्रेड दर ७.२१ प्रतिशत, पूँजीकोष अनुपात ११.०५ प्रतिशत रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी (इपीएस) २.०५ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको भने प्रतिसेयर नेटवर्थ १५०.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.०२ गुणा र तरलता अनुपात ९.१० प्रतिशत रहेको छ ।
साथै संस्थाको चुक्तापूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ४२ करोड ६४ लाख, रिजर्भमा २ अर्ब ५० करोड ५९ लाख रुपैयाँ संचित रहेको छ ।
संस्थाले सो अवधिसम्म १० करोड ३१ लाख १९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसर्थमा संस्थाको लाभांश क्षमता १४.२९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।