बिहीबार, श्रावण २८,२०८३ 07:22:14
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:22:14
Bizshala
Global IME Bank Limited

४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना

Prabhu Bank Limited
४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना
New Office

काठमाण्डौ । नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना शुरु भएको छ । युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरु प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ ।

नेपाली युवाहरुको डिजिटल गतिशिलता र महत्वाकांक्षालाई उजागर गर्न भन्दै शुरु गरिएको उडान परियोजनाको नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितीमा सार्वजनिक गरियो ।

सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने अपेक्षा लिइएको छ । यसैगरी, चार सय २० युवालाई उद्यम स्थापनामा सहायता तथा आठ सयलाई उच्च शिक्षा पछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रुपमा रोजगारी प्रदान गरिनेछ ।

मधेश, कर्णाली तथा सुदुर पश्चिमप्रदेशका १४ पालिकामा युवाहरुलाई अवसरसँग जोड्न इन्नोभेशन हब समेत स्थापना गरिनेछ । युवाहरुलाई डिजिटल अर्थतन्त्रसँग जोड्न देखिएका अवरोधहरु र नीतिगत विषयमा सुधारका लागि नीतिगत बहस समेत गर्ने उद्देश्य परियोजनाले लिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा युथ इननोभेशन ल्यावले आफ्ना साझेदारहरु हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेशनसँगको साझेदारीमा परियोजना अघि बढाउने छ ।

उडान अन्तर्गत सञ्चालन गरिने पाठशालाले युवाहरुलाई निःशुल्क रुपमा एआई, कोडिंग तथा एनिमेशनजस्ता सीपहरु निःशुल्क प्रदान गर्नेछ । कार्यशालाअन्र्तगत सातै प्रदेशमा युवाहरुका उद्यमशील सोचलाई उद्यममा बदल्ने उद्देश्यका साथ प्रदेश तथा राष्ट्रियस्तरमा ह्याकथन र उद्यमशीलता प्रवद्र्धन गर्न बुटक्याम्प आयोजना गरिनेछ ।

परियोजनाको अर्को अंग कर्मशालाअन्र्तगत  निजी क्षेत्रमा उच्च शिक्षापछि युवाहरुले प्रशिक्षार्थीका रुपमा रोजगारी र सीप निखार्ने अवसर पाउनेछन् । यसैगरी, नीतिशालाअन्र्तगत परियोजनाले स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ, एआईजस्ता प्राविधिक विषय समावेश गर्दै युवालक्षित प्राविधिक शिक्षामा योगदान दिएर नीतिगत सुधारमा पहल गर्नेछ ।

परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा खासगरी ग्रामीण क्षेत्रका युवाहरु अवसरबाट बञ्चित रहेको बताइन् । ‘अझै पनि काठमार्डौं उपत्यकाबाहिरका कम पहुँच भएकाहरु अवसरसँग जोडिन सकेका छैनन्,’ उनले भनिन्,‘जोखिममा रहेका समूहको अवस्था पनि उस्तै हो । दुर्भाग्यवश मैले प्रतिनिधित्व गर्ने देशको आधा जनसंख्या ओगट्ने महिलाहरुको पनि अवस्था उस्तै छ ।’ उनले परियोजनाले कम अवसर पाएका युवाहरुलाई प्रविधिको ज्ञान दिंदै अवसरसँग जोड्न भूमिका खेल्ने विश्वास गरिन् ।

सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा युवाहरुले आफूलाई आवश्यक डिजिटल सीपमा सहभागी हुन इच्छा देखाएका थिए ।

परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाहरुका लागि मुख्य चुनौती रहेको भन्दै परियोजनाले युवाहरुलाई प्राविधिक हिसाबले दक्ष बनाउँदै अर्थतन्त्रमा समेत योगदान दिने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको बताए । अवसर भएन भनेर मात्र भएन कसैले त केही गर्नु आवश्यक छ, उनले भने, ‘त्यसैले हामी आँफैले नेतृत्व लिएर अघि बढेका हौं ।

परियोजनाले अब देशैभर युवासमक्ष पुगेर उनीहरुलाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न गतिविधिहरु शुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले बताइन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.