Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 05:17:13
Bizshala
Global IME Bank Limited

दुई दिने सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने, सरकारको यस्तो तर्क

दुई दिने सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने, सरकारको यस्तो तर्क
New Office

काठमाण्डौ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल पुनरावलोकन गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेको छ। कानूनमन्त्री सोविता गौतमले राष्ट्रिय सभामा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै दुई दिने बिदा यथावत् रहने बताएकी हुन्।

सरकारका अनुसार शनिवार र आइतबार बिदा दिने व्यवस्था तत्कालीन इन्धन आपूर्ति संकटका बेला इन्धन खपत घटाउने उद्देश्यबाट सुरु भए पनि अहिले यसको औचित्य उर्जा बचतमा मात्र सीमित छैन। प्रशासनिक खर्च घटाउनेदेखि कर्मचारीको कार्य–जीवन सन्तुलन र आन्तरिक पर्यटन प्रवर्द्धनसम्मका पक्षलाई सरकारले यसको सकारात्मक प्रभावका रूपमा अघि सारेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

मन्त्री गौतमले दुई दिने बिदाले सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन सहयोग पुगेको दाबी गरिन्। उनका अनुसार कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने भएकाले सेवाग्राहीलाई सरकारी सेवा लिन थप सहज भएको छ।

सरकारले दुई दिने बिदाबाट सरकारी कार्यालय सञ्चालनमा प्रयोग हुने विद्युत्, सवारीसाधन र इन्धनलगायतका स्रोतमा खर्च घटेको जनाएको छ। प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्नसमेत यस व्यवस्थाले योगदान पुर्याएको सरकारको निष्कर्ष छ।

त्यस्तै, दुई दिन लगातार बिदा हुँदा छोटो अवधिका आन्तरिक भ्रमण बढेको सरकारको दाबी छ। पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन बढेसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार भएको मन्त्री गौतमले बताइन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.