मंगलवार, भाद्र २,२०८३ 02:15:46
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 02:15:46
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी बुकिङ, नयाँ ‘ओभरटोन सिरिज’मा आकर्षण

नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी बुकिङ, नयाँ ‘ओभरटोन सिरिज’मा आकर्षण
New Office

 

काठमाण्डौ । एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी विद्युतीय स्कुटर बुकिङ भएको जनाएको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथरका विद्युतीय स्कुटर बिक्री हुँदै आएका छन्।

कम्पनीका अनुसार एक्स्पोको ६ दिनमा एथरका नयाँ उत्पादन, प्रविधि तथा ईभी स्वामित्वसँग सम्बन्धित सेवा र पूर्वाधारप्रति ग्राहकको उल्लेख्य चासो देखिएको हो।

एथर नेपालले बुकिङ बढाउन अल्पकालीन प्रवर्द्धनात्मक योजनाभन्दा पनि ब्याट्रीको दीर्घकालीन विश्वसनीयता, सर्भिस सुविधा, चार्जिङ पूर्वाधार र प्रविधिमा केन्द्रित रणनीति अपनाएको जनाएको छ।

कम्पनीले उपलब्ध गराएको ‘Eight70 Warranty’ अन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको कभरेज उपलब्ध हुने र कम्तीमा ७० प्रतिशत ब्याट्री हेल्थ कायम रहने सुनिश्चितता गरिएको छ। कम्पनीका अनुसार विद्युतीय सवारी किन्न चाहने ग्राहकको प्रमुख चासोमध्ये एक रहेको दीर्घकालीन ब्याट्री विश्वसनीयतालाई यसले सम्बोधन गर्छ।

एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर तथा ५० भन्दा बढी फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको जनाएको छ। कम्पनीले बिक्रीपछि पनि ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सर्भिस र चार्जिङ नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेको छ।

Bizshala
CG Motors

नयाँ ‘एथर ४५० ओभरटोन सिरिज’मा आकर्षण

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको नयाँ Ather 450 Overtone Series ग्राहकको प्रमुख आकर्षण बनेको कम्पनीले जनाएको छ।

नयाँ सिरिजमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस अन एथर’ लगायतका प्रविधि समावेश छन्।

‘म्याजिक ट्विस्ट’ले थ्रोटलमार्फत रिजेनेरेटिभ ब्रेकिङ नियन्त्रणलाई सहज बनाउने कम्पनीको दाबी छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ले स्कुटर चलाउँदा क्रुजिङ अनुभवलाई थप सहज बनाउने र ‘भ्वाइस अन एथर’मार्फत आवाजकै माध्यमबाट स्कुटरसँग सम्बन्धित केही फिचर सञ्चालन तथा अन्तरक्रिया गर्न सकिने जनाइएको छ।

एक्स्पोमा एथरको ४५० सिरिजसँगै ‘रिज्टा’ परिवारका स्कुटरसमेत प्रदर्शन गरिएको थियो। कम्पनीले प्रदर्शन, आराम र दैनिक सहरी यात्राका फरक आवश्यकता सम्बोधन गर्ने गरी विभिन्न मोडल उपलब्ध गराएको जनाएको छ।

एथर नेपालले नाइमा एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङलाई बिक्रीको संख्याभन्दा पनि नेपाली ग्राहकमा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको संकेतका रूपमा लिएको छ।

“ग्राहकहरू छोटो अवधिका अफरभन्दा उत्पादन, ब्याट्री, सर्भिस, चार्जिङ र प्रयोगमैत्री प्रविधिको विश्वसनीयता खोजिरहेका छन्,” एथर नेपालले भनेको छ, “५०० भन्दा बढी बुकिङ ग्राहकले एथरप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो।”

कम्पनीले आगामी दिनमा नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै चार्जिङ नेटवर्क, सर्भिस पूर्वाधार, प्रविधि तथा दीर्घकालीन ब्याट्री सुनिश्चिततामार्फत विद्युतीय सवारी प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.