काठमाण्डौ । बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा सर्वसाधारण तथा बहालवाला र सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेट गर्नुपर्ने बहाना बनाई पीडितलाई फोन तथा ह्वाट्सएप कल गर्ने, त्यसक्रममा स्क्रिन सेयर गर्न लगाउने वा ओटीपी कोड मागेर बैंक खातामा अनधिकृत पहुँच पुर्याउने र खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको छ।
प्राविधिक विश्लेषणका क्रममा गिरोहमा संलग्न रहेको खुलेका व्यक्तिहरूलाई साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा २०८३ साउन ३१ गते चितवनबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही जिल्लाको रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्याशागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय एक जना व्यक्ति रहेका छन्।
उनीहरूमाथि विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।