मंगलवार, भाद्र २,२०८३ 06:00:58
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:00:58
Bizshala
Global IME Bank Limited

भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुँदै

भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुँदै
New Office

काठमाण्डौ । भारत र नेपालबीच सीमापार डिजिटल भुक्तानी प्रणाली थप विस्तार हुने भएको छ। नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

हाल भारतबाट नेपाल आउने यात्रुले युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) मार्फत नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी तत्काल भुक्तानी गर्न सक्ने व्यवस्था छ। यसले भारतीय पर्यटकलाई नगद बोक्ने वा मुद्रा साट्ने आवश्यकतालाई कम गरेको छ।

त्यस्तै, नेपाल र भारतबीच यूपीआई र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस ९एनपीआई० बीचको सम्बन्धमार्फत दुईतर्फी ‘व्यक्ति–देखि–व्यक्ति’ अर्थात् पीटूपी रकम स्थानान्तरणको सुविधा पनि उपलब्ध भएको छ। यस प्रणालीबाट भारतबाट नेपाल र नेपालबाट भारतमा वास्तविक समयमा रकम पठाउन सकिने जनाइएको छ।

नेपाल आउने विदेशी पर्यटकमध्ये भारत प्रमुख स्रोत मुलुकमध्ये एक हो। सन् २०२५ मा मात्रै २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्यांक उल्लेख गर्दै एनआईपीएलले यूपीआई भुक्तानीले उनीहरूको यात्रा तथा कारोबारलाई थप सहज बनाएको जनाएको छ।

चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआईमार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

फोनपे नेटवर्कमा आबद्ध व्यवसायीहरूले भारतीय यात्रुबाट यूपीआई भुक्तानी स्वीकार गर्न सक्नेछन्। यसबाट खुद्रा व्यापार, होटल तथा आतिथ्य सेवा र दैनिक उपभोगका वस्तु तथा सेवाको कारोबारमा डिजिटल भुक्तानीको पहुँच विस्तार भएको एनआईपीएलको भनाइ छ।

यूपीआई भुक्तानी स्वीकार गर्दा नेपाली व्यवसायीले भारतमा डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो ग्राहक समूहसम्म सहज पहुँच पाउने अपेक्षा गरिएको छ।

डिजिटल माध्यमबाट तत्काल भुक्तानी हुने भएकाले व्यवसायीको नगद व्यवस्थापन सहज हुने, भौतिक मुद्रामाथिको निर्भरता घट्ने तथा कारोबार प्रक्रियामा थप प्रभावकारिता आउने एनआईपीएलले जनाएको छ।

Bizshala
CG Motors

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा यूपीआई–एनपीआई सम्बन्धले दुई देशबीच वास्तविक समयमै पीटूपी रकम स्थानान्तरणको सुविधा उपलब्ध गराएको छ।

भारतीय तथा नेपाली प्रयोगकर्ताले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसमार्फत रकम पठाउन सक्नेछन्। नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई पहिचानमार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था पनि रहेको छ।

यस प्रक्रियामा संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्ने आवश्यकता नपर्ने भएकाले दुई देशबीच हुने रकम स्थानान्तरणलाई थप सहज, सुरक्षित र किफायती बनाउने अपेक्षा गरिएको छ।

एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारत र नेपालबीच सुरक्षित तथा वास्तविक समयको सीमापार भुक्तानी प्रणाली विस्तारमा संस्था केन्द्रित रहेको बताए । 

उनका अनुसार नेपालमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने, भारतीय यात्रुका लागि कारोबार सहज बनाउने र दुई देशबीच रेमिट्यान्समा निर्भर परिवार तथा व्यक्तिका लागि छिटो र किफायती रकम स्थानान्तरणको सुविधा विस्तार गर्ने उद्देश्यले काम भइरहेको छ।

एनआईपीएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँगको सहकार्यलाई निरन्तरता दिँदै यूपीआईमा आधारित भुक्तानीको प्रयोग विस्तार गर्ने योजना बनाएको छ। साथै, सीमापार भुक्तानीलाई थप प्रभावकारी बनाउने र पीटूपी रेमिट्यान्स सेवा थप बैंकसम्म विस्तार गर्ने तयारी रहेको जनाएको छ।

यसले भारत र नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

एनआईपीएलले सन् २०२० मा एनपीसीआईको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीका रूपमा स्थापना भएदेखि भारतमा विकसित वास्तविक समयको भुक्तानी प्रणाली यूपीआई तथा कार्ड भुक्तानी प्रणाली रुपेको अन्तर्राष्ट्रिय विस्तारमा काम गर्दै आएको छ। संस्थाले अन्य देशलाई समेत आफ्नै वास्तविक समयको भुक्तानी प्रणाली विकास गर्न प्राविधिक सहयोग, परामर्श तथा आवश्यक पूर्वाधारसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.