आईतवार, आश्विन १८,२०८३ 02:10:27
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 02:10:27
Bizshala
Global IME Bank Limited

ठूलो परिमाणमा भन्सार छली ल्याइएका सामान प्रहरी नियन्त्रणमा

Bizshala
ठूलो परिमाणमा भन्सार छली ल्याइएका सामान प्रहरी नियन्त्रणमा
New Office

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका कपडा तथा अन्य सामान बरामद गरेको छ।

पूर्व–पश्चिम राजमार्ग हुँदै बिलबिजकबिना भन्सार छली तथा चोरी–निकासी गरी अवैध सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले भदौ १ गते राति करिब १२ः३० बजे कावासोती नगरपालिका–८ स्थित फलफूल चोकमा सवारीसाधन जाँच गरेको थियो।

जाँचका क्रममा पश्चिमबाट पूर्व, नारायणगढतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रकभित्र लुकाइछिपाइ राखिएको बिलबिजक नभएका विभिन्न सामान फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार ट्रकबाट विभिन्न रङका २ हजार १६० थान कुर्था–सुरुवाल, १ हजार ५०० थान काँचो कपडा तथा अन्य गरी ठूलो परिमाणमा कपडा बरामद गरिएको छ।

बरामद सामानको प्रारम्भिक विवरणअनुसार विभिन्न रङका कुर्था–सुरुवालको मूल्य २१ लाख ६० हजार रुपैयाँ, काँचो कपडाको एक समूहको मूल्य ४ लाख ५० हजार रुपैयाँ, ६ हजार ८७५ मिटर काँचो कपडाको मूल्य १७ लाख १८ हजार ७५० रुपैयाँ तथा अर्को ७ हजार ६८७ मिटर काँचो कपडाको मूल्य १९ लाख २१ हजार ७५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसरी बरामद सामानको कुल मूल्य ६२ लाख ५० हजार ५०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ।

प्रहरीले बरामद सामानसहित ट्रक र ट्रक चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.