बिहीबार, चैत्र २१,२०८१ 04:22:34
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:22:34
IME remit
Global IME Bank Limited

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ

Hyundai Nepal
कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ
Nabil Bank Limited

काठमाण्डौ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भक्तपुर जिल्लामा कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग र सहकार्य गर्न बागमती प्रदेश सरकार तयार रहेको बताएका छन् ।  

भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन, कृषि, हस्तकला क्षेत्रको विकासको लागि स्पष्ट रोडम्यापको अभाव रहेको बताए । स्थानीय स्तरमा उत्पादित हस्तकलाका वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजार प्रवद्र्धन गर्न भक्तपुरमा औद्योगिक हस्तकला ग्राम स्थापनाको लागि यस पटकको नीति तथा कार्यक्रममा समावेश गर्ने उनले प्रद्धिबद्धता व्यक्त गरेका छन् ।  

मन्त्री श्रेष्ठले भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा अनवरत रुपमा गर्दै आएको कार्यको प्रशंसा गरे । उनले उद्योग व्यवसायको विकास प्रवद्र्धनको लागि प्रदेश सरकार प्राविधिक, आर्थिक सहयोग तथा समन्वयकारी भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको बताए ।  

बढ्दो रुपमा युवाहरु विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै रोजगारी सिर्जनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । विशेषगरी युवा, महिला, एक महिला, फरक क्षमता भएका नागरिकहरुको जीवन स्तर उठाउन विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ ।  

बागमती प्रदेशसभा सदस्यकिरण थापाले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरुलाई आफ्नो व्यापार व्यवसायमा टिकि रहन गाह्रो भइरहेको बताए । उद्योगी व्यवसायीहरुको समस्या निराकरण गर्नको लागि संघ सरकार, प्रदेश सरकार तथा स्थानीयनिकायले कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा घनिभूत छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।  

संघकी अध्यक्ष रोशनी मैयाँ धौबन्जाले आर्थिक मन्दीले मारमा परेका व्यवसायीहरुमा नयाँ क्षेत्रमा लगानी गरिहाल्ने वातावरण अझै बन्न नसकेको बताइन् । उनले आगामी बजेट तथा मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन आवश्यक नीति तथा रणनीतिहरु तय गर्नुपर्नेमा जोड दिइन् ।  

Shivam Cement
Bizshala
CG Motors

भक्तपुर उद्योग वाणिज्य संघले आगामी आर्थिक वर्षमा कृषिको आधुनिकीकरण, व्यवसायीकरणका लागि हाइड्रोपोनिक कृषि परियोजना, हस्तकलाको विकासका लागि तालिम, कोसेली घर सञ्चालन गर्ने, महिला उद्यमशीलता वृद्धि, युवा उद्यमशीलता वृद्धिका क्षेत्रमा विशेष कार्यक्रम, व्यापार व्यवसाय प्रवद्र्धनका लागि भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने योजना बनाएको जानकारी दिइन् । यी कार्यक्रमहरु सञ्चालनका लागि स्थानीयतह, प्रदेश तथा संघ सरकारबाट सहयोग मिल्ने उनले विश्वास व्यक्त गरिन् ।  

कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकार, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिले आ–आफ्नो धारणा राखे । सो अवसरमा जिल्लाका समग्र उद्योगी व्यवसायीहरुको तर्फबाट संघकी अध्यक्ष धौबन्जाले वर्तमान अवस्थामा जिल्लाका उद्योगी, व्यवसायीहरुले भोगिरहेका समस्या समाधानको माग गर्दै संघले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरुको लागि आवश्यक बजेट व्यवस्थाको लागि सहयोगसहितको पत्र मन्त्री श्रेष्ठलाई बुझाइन् ।  

यसैबीच, अध्यक्ष धौबन्जाले मन्त्री श्रेष्ठलाई मायाको चिनो स्वरुप मयुर झ्याल प्रदान गरिन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.