सोमबार, पुष ८,२०८१ 11:37:07
IME remit
  • सोमबार, पुष ८,२०८१ 11:37:07
IME remit
Global IME Bank Limited

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
Nabil Bank Limited

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले घट्दै ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ८६ लाख र सञ्चालन मुनाफा ५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ १७ करोड ४० लाखबाट बढेर १७ करोड ८५ लाख र रिटेन्ड अर्निङको आकार पनि ८८ लाख ५३ हजारबाट बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७७ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ३ करोड ५६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३२.१७ रुपैयाँबाट घटेर २४.६८ रुपैयाँ कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०१.८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४५ गुणा र तरलता अनुपात ६.१६ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.