काठमाण्डौ । डिप्रोक्स–नेपालले संस्थाको ३३औँ वार्षिक साधारण सभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार साधारण सभा बोलाइएको हो।
संस्थाका अनुसार साधारण सभा बिहान साढे ११ बजे काठमाण्डौस्थित डिप्रोक्स–नेपाल केन्द्रीय कार्यालय, उपकार मार्ग, थापाथलीमा बस्नेछ।
सभामा विभिन्न पाँच प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ। जसअनुसार सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरी छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी छलफल तथा पारित गर्ने तथा आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन्।
त्यस्तै, साधारण सभामा सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। विविध विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।