डिप्रोक्स नेपालले बोलायो ३३औँ वार्षिक साधारण सभा
काठमाण्डौ । डिप्रोक्स–नेपालले संस्थाको ३३औँ वार्षिक साधारण सभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार साधारण सभा बोलाइएको हो।संस्थाका अनुसार साधारण सभा बिहान साढे ११ बजे काठमाण्डौस्थित डिप्रोक्स–नेपाल केन्द्रीय कार्यालय, उपकार मार्ग, थापाथलीमा बस्नेछ।

