काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ आउँदो असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।
क्यापिटलको गत भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। जसअनुसार यो योजनाका इकाइधनीहरुलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ।
यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                