बुधबार, आश्विन १४,२०८३ 04:40:54
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:40:54
Bizshala
Global IME Bank Limited

मन्त्रीको नाममै किचलो, कर्णालीमा अन्तिम समयमा रोकियो शपथ

Bizshala
मन्त्रीको नाममै किचलो, कर्णालीमा अन्तिम समयमा रोकियो शपथ
New Office

काठमाण्डौ । कर्णाली प्रदेशमा मन्त्री चयनको विषय टुंगो लाग्न नसक्दा सोमबारका लागि तय गरिएको मन्त्रीहरूको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।

प्रदेश सरकारले सोमबार बिहान ११ बजे मन्त्रीहरूको शपथ गराउने तयारी गरेको थियो । त्यसका लागि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयसँग समयसमेत मागेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय दिए पनि मन्त्री बन्नेहरूको नाममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले सिफारिस पठाउन सकेनन् ।

मन्त्रीको नाम टुंग्याउन नसकेपछि मुख्यमन्त्री शाही स्वयं प्रदेश प्रमुख यज्ञराज जोशीलाई भेट्न पुगेका थिए । भेटमा उनले दलभित्र मन्त्री छनोटमा सहमति बन्न नसकेको भन्दै तत्कालका लागि शपथ कार्यक्रम स्थगित गरिदिन आग्रह गरेको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार मुख्यमन्त्रीले दलभित्र कुरा नमिलेको जानकारी गराउँदै केही दिनका लागि कार्यक्रम सार्न आग्रह गरेका थिए । नयाँ शपथ कार्यक्रम भदौ ११ गतेसम्म हुनसक्ने गरी छलफल भएको स्रोतको भनाइ छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रीका लागि यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा थियो । तर साबिक समाजवादी धारले ती नाममा सहमति नजनाएपछि मन्त्री चयन थप पेचिलो बनेको हो ।

समाजवादी धारले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान लिएको छ । उक्त धारबाट समानुपातिकतर्फ खड्का एक्ली सांसद रहेको बताइएको छ । यही कारण उनलाई सरकारमा सहभागी गराउनुपर्ने दबाब बढेको छ ।

यता, मन्त्री बन्न आकांक्षा राख्ने अन्य सांसदहरू पनि रहेकाले मुख्यमन्त्री शाहीलाई दलभित्रको शक्ति सन्तुलन मिलाउन कठिन भएको छ । मन्त्रीको सीमित संख्या र आकांक्षी धेरै हुँदा भागबन्डाको विवाद झन् चर्किएको हो ।

सत्ता समीकरणअनुसार नेकपाको भागमा तीन मन्त्रालय परेका छन् । एमालेले भने आफ्नो भागमा परेका तीन मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।

नेकपाभित्रको आन्तरिक विवाद समाधान हुन नसक्दा कर्णाली सरकार विस्तार पुनः अनिश्चित बनेको छ । मन्त्रीको नाममा सहमति जुटेपछि मात्रै अब नयाँ शपथको मिति तय हुने बताइएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.