कर्णालीमा पर्यटन बजेटको तमासा: मन्त्रीको जिल्लामा विद्यालयदेखि बार भवनसम्म
काठमाण्डौ । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन शीर्षकको बजेटमा विद्यालय, बार एसोसिएसन भवन, तटबन्धन, घेरबार र नेताका नामका प्रतिष्ठानसम्मका योजना समेटिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीको गृह जिल्ला सल्यानमा पर्यटनसँग प्रत्यक्ष सम्बन्ध नराख्ने योजनामा बजेट विनियोजन भएपछि बजेट छनोट प्रक्रियामाथि प्रश्न उठेको छ।सामान्यतया विद्यालयसम्बन्धी...

