सोमबार, भाद्र ८,२०८३ 02:01:28
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 02:01:28
Bizshala
Global IME Bank Limited

ईभी बजार तताउन आउँदै नयाँ ‘नामी बक्स’, नाडा अटो शोमा हुँदै सार्वजनिक

ईभी बजार तताउन आउँदै नयाँ ‘नामी बक्स’, नाडा अटो शोमा हुँदै सार्वजनिक
New Office

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको नामीले नयाँ मोडल ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ नामी बक्स नेपाली बजारमा उतार्ने भएको हो ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सले आकर्षक डिजाइन, फराकिलो केबिन, आधुनिक फिचर्स, उपयोगी रेन्ज र फरक रङ संयोजनका कारण छोटो समयमै नेपाली उपभोक्ताको ध्यान खिच्न सफल भएको थियो ।

विशेषगरी सहरी प्रयोगका लागि उपयुक्त डिजाइन, व्यावहारिक इलेक्ट्रिक मोबिलिटी र आधुनिक सुविधाका कारण नामी बक्स नेपाली ईभी बजारमा लोकप्रिय विकल्पमध्ये एक बनेको कम्पनीको दाबी छ ।

नेपालका सडकमा हालसम्म २ हजारभन्दा बढी नामी ब्रान्डका सवारीसाधन सञ्चालनमा आइसकेका छन् । यसले नेपाली विद्युतीय सवारी बजारमा नामीको उपस्थिति विस्तार हुँदै गएको देखाउँछ ।

नामी भिगो ई–२ सार्वजनिक गरेपछि कम्पनीले अब नयाँ पुस्ताको नामी बक्समार्फत आफ्नो उत्पादन पोर्टफोलियोलाई थप बलियो बनाउने तयारी गरेको हो । नयाँ मोडलमा अघिल्लो संस्करणको तुलनामा थप परिष्कृत डिजाइन, सुविधा र प्रविधि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कम्पनीले भने नयाँ नामी बक्समा रहने सम्पूर्ण फिचर्स, प्राविधिक विवरण, रेन्ज तथा मूल्यसम्बन्धी जानकारी अहिले सार्वजनिक गरेको छैन । ती सबै विवरण नाडा अटो शो २०२६ को अवसरमा सार्वजनिक गरिने बताइएको छ ।

नेपालमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा नयाँ नामी बक्सको आगमनले कम्प्याक्ट ईभी सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्काउने अपेक्षा गरिएको छ ।

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.