सोमबार, भाद्र ८,२०८३ 02:18:51
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 02:18:51
Bizshala
Global IME Bank Limited

डिजिटल भविष्यको बहसमा जुट्दै विज्ञ, पाँचौँ ‘डिजिटल नेपाल कन्क्लेभ’ यसै साता

डिजिटल भविष्यको बहसमा जुट्दै विज्ञ, पाँचौँ ‘डिजिटल नेपाल कन्क्लेभ’ यसै साता
New Office

काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौँ संस्करण यसै साता आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालले आयोजना गर्ने ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा हुने भएको हो ।

यस वर्षको सम्मेलन ‘Reimagining Governance, Data and the Digital Economy’ भन्ने मूल नारामा केन्द्रित रहने आयोजकले जनाएको छ । डिजिटल नेपाल निर्माण, डिजिटल रूपान्तरण र प्रविधिमैत्री अर्थतन्त्र विकासका विषयलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गर्न लागिएको हो ।

सरकारले सन् २०१९ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कलाई आधार बनाएर सन् २०२० देखि डिजिटल संवाद तथा कन्क्लेभमार्फत नीतिगत बहस सुरु गरिएको थियो । पाँचौँ संस्करणसम्म आइपुग्दा सम्मेलनले सुशासन, डेटा आधारित शासन प्रणाली र डिजिटल अर्थतन्त्रलाई थप प्राथमिकतामा राखेको आयोजकको भनाइ छ ।

तीनभन्दा बढी किनोट, पाँच प्यानल र ‘पावर डाइलग’

यस वर्षको कन्क्लेभमा तीनभन्दा बढी किनोट प्रस्तुति, पाँचवटा विषयगत प्यानल डिस्कसन र एउटा ‘पावर डाइलग’ हुनेछन् ।

यस्तै, ‘डिजिटल स्पार्क’अन्तर्गत डिजिटल नेपालका लागि विकास भइरहेका १० भन्दा बढी नवीन प्रविधि तथा समाधानसमेत प्रस्तुत गरिनेछ । विभिन्न विषयका विज्ञ तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहने सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रतिनिधिसभाका सदस्य तथा मन्त्रीहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा ५ सयभन्दा बढी सहभागी प्रत्यक्ष रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार डिजिटल नेपाल निर्माण गर्ने सरकारको महत्वाकांक्षी योजनालाई अगाडि बढाउन निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय संस्थालाई एउटै मञ्चमा ल्याएर नीतिगत सुधार तथा कार्यान्वयनमा केन्द्रित संवाद गर्ने सम्मेलनको मुख्य उद्देश्य हो ।

उनका अनुसार सरकारले र निजी क्षेत्रले डिजिटल इकोसिस्टम, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरिरहेका प्रयासलाई एकीकृत गर्दै प्राथमिकतामा ल्याउने प्रयास पनि सम्मेलनले गर्नेछ ।

Bizshala
CG Motors

नेपाली प्रविधिको प्रदर्शन

यस वर्षको सम्मेलनमा नेपालमै नेपालीले विकास गरेका ‘टिङटिङ’ र ‘थर्ड फ्याक्टर एआई’ले विशेष सहकार्य गरेका छन् । यी प्रविधिसँगै २० भन्दा बढी नेपाली प्रविधि तथा समाधान पनि प्रदर्शन गरिनेछन् ।

कार्यक्रममा टिङटिङ ओम्नी लाइभ इन्टर्याक्सन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टलगायत एआई प्रविधिको प्रत्यक्ष अनुभव गर्न सकिने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

अनलाइन ट्राभल टिकटिङ प्लेटफर्म ‘सस्तो टिकट’ र फिनटेक कम्पनी ‘फोनपे’ कार्यक्रमका ‘Powered By’ पार्टनर रहेका छन् ।

कार्यक्रममा नास आईटी, क्यान महासंघ, एनसेल बिजनेस, स्काई आईटी, कहाँ हो, यती क्लाउड, डिशहोम, नासा एक्स, री–सेक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम र ग्लोबल स्पार्कलगायत संस्थाको सहकार्य तथा समर्थन रहेको जनाइएको छ ।

गभर्नेन्स, एआई र डिजिटल अर्थतन्त्रमा केन्द्रित बहस

कन्क्लेभमा मुख्य रूपमा तीन रणनीतिक क्षेत्रमा छलफल हुनेछ ।

‘गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’अन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल पहिचान, नीतिगत नवप्रवर्तन र डेटा आधारित निर्णय प्रक्रियाबारे छलफल गरिनेछ ।

‘डेटा, एआई एन्ड साइबर सेक्युरिटी’अन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल विश्वास तथा विभिन्न क्षेत्रबीच डेटा अन्तरसञ्चालनको विषय उठाइनेछ ।

त्यस्तै, ‘डिजिटल इकोनोमी एन्ड इनोभेसन’अन्तर्गत डिजिटल रूपान्तरण, त्यसका लागि आवश्यक लगानीका अवसर र भविष्यको डिजिटल जनशक्तिबारे बहस हुनेछ । अन्तिम सत्रमा डिजिटल नेतृत्व र रूपान्तरणका लागि आवश्यक राजनीतिक प्रतिबद्धतालाई केन्द्रमा राखिने जनाइएको छ ।

आयोजकका अनुसार सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार र युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याएर नीति संवाद, ज्ञान आदानप्रदान, लगानी अवसर तथा रणनीतिक सहकार्यलाई बलियो बनाउने सम्मेलनको लक्ष्य छ ।

कार्यक्रममा सहभागी हुन चाहनेले डिजिटल नेपाल कन्क्लेभको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.