काठमाण्डौ । एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ ।
शारडा ग्रुपका निर्देशक गौरव शारडा का अनुसार, ‘यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथ(सहयोगद्वारा सम्भव भएको हो । हामीले ल्याउने अत्याधुनिक इभिहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।’
ओमोडा ईफाइभ गत फेब्रुअरीमा लञ्च गरिएको थियो । कम्पनीले डेलिभरि सुरु भएदेखि, छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक ओमोडा ईफाइभको १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको छ ।
त्यसै अवसरमा गत अप्रिलमा, ओमोडा ईफाइभका नयाँ ग्राहकहरू तथा अटोमोबाइल्स, प्रविधि र ईभि क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थितीमा ‘१५१ ओमोडा प्लस ओमोडा अन द स्ट्रिट’ समारोह पनि आयोजना गरिएको थियो । । ओमोडा ईफाइभ गाडीले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको छ र इभि साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको कम्पनीले जनाएको छ ।